च्याम्पियन्स लिग : रोनाल्डोको गोलमा युनाइटेडको पुनरागमन जित

ठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपियन च्याम्पियन्स लिगमा शानदार पुनरागमन गर्दै इटालियन क्लब एटलान्टालाई ३-२ ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमै दुई गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन गर्दै लगातार तीन गोल गरेको हो ।

पहिलो हाफमा एटलान्टाले दुई गोल गरेको थियो भने दोस्रो हाफमा युनाइटेडले तीन गोल फर्कायो ।

यसमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । उनले ८१औं मिनेटमा गोल गर्दै युनाइटेडको जित पक्का गरे । त्यसअघि ५३औं मिनेटमा मार्कुस रासफोर्ड र ७५औं मिनेटमा ह्यारी मगुएरले गोल गर्दै खेल बराबरी गरेका थिए ।

एटलान्टाका लागि १५औं मिनेटमा मारियो पासालिक र २९औं मिनेटमा मेरिह डेमरिलले गोल गर्दै सुरुमै दुई गोलको अग्रता दिलाएपनि त्यसलाई कायम राख्न सकेन ।

जितपछि समूह एफमा तीन खेलबाट ६ अंक जोड्दै युनाइटेड शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट चार अंक रहेको एटलान्टा दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा स्पानिस क्लब भियारियालले स्वीस क्लब योङ ब्वाइजलाई ४-१ ले पराजित गरेको छ । भियारियालका लागि जेरार्ड मोरेनोले दुई तथा येरेमी पिनो र सामुएल चुकवुजेले एक/एक गोल गरे ।

जितपछि तीन खेलबाट चार अंक जोडेको भियारियाल तेस्रो स्थानमा छ । योङ ब्वाइज तीन अंकसहित पुछारमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP