Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

च्याम्पियन्स लिग : रोनाल्डोको गोलमा युनाइटेडको पुनरागमन जित

ठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपियन च्याम्पियन्स लिगमा शानदार पुनरागमन गर्दै इटालियन क्लब एटलान्टालाई ३-२ ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमै दुई गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन गर्दै लगातार तीन गोल गरेको हो ।

पहिलो हाफमा एटलान्टाले दुई गोल गरेको थियो भने दोस्रो हाफमा युनाइटेडले तीन गोल फर्कायो ।

यसमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । उनले ८१औं मिनेटमा गोल गर्दै युनाइटेडको जित पक्का गरे । त्यसअघि ५३औं मिनेटमा मार्कुस रासफोर्ड र ७५औं मिनेटमा ह्यारी मगुएरले गोल गर्दै खेल बराबरी गरेका थिए ।

एटलान्टाका लागि १५औं मिनेटमा मारियो पासालिक र २९औं मिनेटमा मेरिह डेमरिलले गोल गर्दै सुरुमै दुई गोलको अग्रता दिलाएपनि त्यसलाई कायम राख्न सकेन ।

जितपछि समूह एफमा तीन खेलबाट ६ अंक जोड्दै युनाइटेड शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट चार अंक रहेको एटलान्टा दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा स्पानिस क्लब भियारियालले स्वीस क्लब योङ ब्वाइजलाई ४-१ ले पराजित गरेको छ । भियारियालका लागि जेरार्ड मोरेनोले दुई तथा येरेमी पिनो र सामुएल चुकवुजेले एक/एक गोल गरे ।

जितपछि तीन खेलबाट चार अंक जोडेको भियारियाल तेस्रो स्थानमा छ । योङ ब्वाइज तीन अंकसहित पुछारमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP