Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

संसदमा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं ।

संसदमा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत हुने भएको छ ।

दिउँसो एक बजे बस्ने संसद बैठकमा सांसद विन्दा पाण्डेले “बोक्सा–बोक्सी, दाइजो लगायतका कुरिती तथा एसिड प्रहार जस्ता आपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा यस्ता अमानवीय, असंवेदनशील र अमर्यादित प्रथा प्रचलन कुरिती र विकृतिको अन्त्यका लागि कानुनी कारवाही गर्न तथा यस सम्बन्धमा विशेष अभियान सञ्चालन गर्न आवश्यक भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

सांसद नवराज सिलवाल, कल्याणी कुमारी खड्का र सरिता कुमारी गिरीले प्रस्तावको समर्थन गर्नुहुने छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने छ ।

अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले “नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

मन्त्री खतिवडाले आजको बैठकमा “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने कार्यक्रम छ । खतिवडाले “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यस्तै, उहाँले “बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

संसद सचिवालयले जारी गरेको सम्भावित कार्यतालिका अनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले “अर्थ समितिको प्रतिवेदन सहितको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्” र “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP