Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

खानेपानी प्रमुखलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका ६२ कार्यकर्ता पक्राउ

जनकपुरधाम : नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्ता पक्राउ गरेको छ।

घटनालगतै शुरुमा प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो। कार्यकर्तालाई पक्राउ गरेपछि रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका जनमत पार्टीका कार्यकर्तालाई समेत गरी ६२ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पक्राउ परेकाहरूलाई कानून बमोजिम कारबाही गरिने बताएका छन्। उनले एक राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न गरेर बजारमा घुमाउने सहितका दुर्व्यवहार आपत्तिजनक, अमानवीय र आपराधिक घटना भएको संज्ञा दिएका छन्।

दुई दिन भएको वर्षामा ढलबाट पानीको निकास हुन नसकेपछि जनमत पार्टीका नेता कार्यकर्ताले गुण्डा शैलीमा नेपाल खानेपानी कार्यालय जनकपुरधामका प्रमुख कुशवाहालाई कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए।

लाठी, भाटासहित कार्यालय पुगेका जनमतका दर्जनौँ कार्यकर्ताले प्रमुख कुशवाहालाई जबरजस्ती कार्यालयबाट तानेर बाहिर ल्याई कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए।

उनीहरूले कुशवाहाको कपडा च्यात्नुका साथै नालाको हिलो दलेर अर्धनग्न बनाएर कुटपिट गर्दै घुमाएको प्रत्यक्षदर्शीले बताए।

खानेपानी कार्यालयका एक कर्मचारीले जनमतका कार्यकर्ता बाँसको चिर्पट, लाठीसहित पूर्वतयारी गरेरै आएर एकाएक यस्तो घटना गरेको बताए। उनले कार्यालयका अन्य कर्मचारीलाई समेत उनीहरूले कुटपिट गरेको आरोप लगाए। 

इन्जिनियरद्वारा कारबाही माग

घटनापश्चात जनकपुरधामका इन्जिनियरले कडा आन्दोलनको चेतावनी दिएका छन्।

विभिन्न संघसंगठनमा आबद्ध इन्जिनियरले धनुषाका प्रजिअ बास्तोलालाई भेटेर जनकपुरधाममा बिहीबार जनमत पार्टीका कार्यकर्ताले गरेको आपराधिक गतिविधिमा संलग्नमाथि कडा कारबाहीको माग गर्दै प्रहरी प्रशासनले न्याय नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

प्रजिअ बास्तोलाले इन्जिनियरहरूलाई राजनीतिक दलको आवरणमा कर्मचारीमाथि गरिएको अमानवीय दुर्व्यवहार लोकतान्त्रिक चरित्र नभई आपराधिक र भूमिगत समूहको कार्य रहेको भन्दै कर्मचारी मात्र होइन कुनै पनि व्यक्तिलाई यस्तो दुर्व्यवहार गर्नु कानूनतः अपराध भएको बताए।

‘घटनाको छानबिन गरी संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन शुरु भएको छ, तिनीहरूलाई कानून बमोजिम कारबाही हुन्छ,’ उनले भने।

प्रजिअ बास्तोलाले आजको घटनाले सबै कार्यालयका कर्मचारीलाई नआत्तिन र नडराउन आग्रह गर्दै उनीहरूको सुरक्षाका लागि प्रशासन प्रतिबद्ध रहेको समेत जनाए।

कार्यकर्ता रिहा नगरे आन्दोलन गर्ने जनमतको धम्की

यसैबीच जनमत पार्टीका अध्यक्ष राउतको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत्‌ भोलि शुक्रबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने जनाएको छ।

पक्राउ परेका पार्टीका कार्यकर्तालाई यथाशिघ्र रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी प्रहरी तथा गृह मन्त्रालयलाई दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP