Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

खाद्यान्न लगायतका आधारभूत समस्या भए तत्काल खबर गर्न प्रभावितलाई सरकारको आग्रह

काठमाण्डाै – बाढी, पहिरो र डुबान प्रभावितहरुलाई खाद्यान्न लगायतका आधारभूत समस्या भएमा तत्काल खबर गर्न सरकारले आग्रह गरेको छ ।

सङ्घ, प्रदेश र पालिका गरी तीनै तहको सरकारले प्रभावितहरूका लागि हिजोदेखि राहत वितरण गरिरहे पनि पहुँचमा पुग्न नसकेका वा समस्यामा परेकाहरुले  तत्काल खबर गर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

अहिले बाढी र पहिरोका कारण धेरै मानिस स्कुल लगायतका सार्वजनिक ठाउँमा आश्रय लिएर बसिरहेका छन् ।

पालिकाको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिले हिजोदेखि त्यसरी बसेकाहरुलाई खाद्यान्न लगायतका सामग्री वितरण गरिरहेको  छ । तर कोही छुटेका भएमा, कसैलाई समस्या भएमा पालिकाको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिमा सम्पर्क गर्न मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले जानकारी दिनुभयो ।

पालिकाहरुले पनि आफ्नै तरिकाले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानको व्यवस्थापन गरिरहेको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले बताउनुभयो । यस्तै जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पनि राहत वितरणको काम भइरहेको छ।

जिल्ला विपद् व्यवस्थापन कोषमा राहतका लागि जम्मा भएको रकमले नपुग्ने अवस्था आएमा भने तत्काल गृह मन्त्रालयसँग माग गर्नुपर्ने र गृहले तत्काल रकम उपलब्ध गराउने उहाँले बताउनुभयो।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP