Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी

काठमाण्डाै – बाढीका कारण जलमग्न भएको विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी भएको छ ।

आज बेलुकासम्ममा विमानस्थल सफा गरी डुबेका सामग्री तथा उपकरणको जाँच गरेर भाेलिदेखि विमानस्थल खुलाउने तयारी गरेको विमानस्थलका प्रमुख उत्सवराज खरेलले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘भोलिदेखि विमानस्थल खुलाउन आज बेलुकासम्ममा सबै काम सक्ने गरी प्रयासमा जुटेका छौँ । सबै ठिकठाक भए भाेलि बिहानदेखि उडान अवतरण सुरु गर्छौँ।’

हिजोदेखि पानी पर्न रोकिए पछि विमानस्थलमा जमेको पानी घट्दै छ । विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गलगायतका क्षेत्रमा पानी घटे पनि टर्मिनल भवन, पार्किङ क्षेत्र तथा परिसर आसपास अझै डुबानमा रहेकाले भोलिदेखि मात्र हवाई सेवा सुरु गर्ने तयारी गरेको विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिनुभयो । 

हवाई उडान र अवतरण कहिलेदेखि नियमित गर्ने भन्नेबारे टुङ्गो नभए पनि मौसम सफा भए भोलिदेखि हवाई सेवा सुरु गर्ने विमानस्थल कार्यालयको तयारी छ । विमानस्थलमा फसेका दुई वटा विमान भने सुरक्षा जाँच पछि हिजै काठमाण्डौ फर्काइएको छ ।

स्थानीय केसलिया खोलामा आएको बाढीका कारण विमानस्थल जलमग्न भएको थियो । गएको मङ्गलवारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण बन्द छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP