Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरस्थित पुष्पलाल स्मृति भवन च्यासलमा बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको दशौं राष्ट्रिय महाधिवेशन तथा समसामयिक विषयमा केन्द्रित छ।

शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित केही विषय तथा १० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार आज १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ।

बिहीबारको बैठकमा १० बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरु भीम रावल, घनश्याम भुसाललगायतले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएका थिए। अध्यक्ष ओलीले माधवकुमार नेपाललगायतका नेताहरुले पार्टी विभाजन गरिसकेको अवस्थामा अब १० बुँदेको एकतारे बजाउनुको अर्थ नरहेको बताएपछि बैठकमा चर्काचर्कीसमेत भएको थियो।

यस्तै‚ बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको दशौँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो। महाधिवेशनका लागि बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मुल व्यवस्थापन कमिटी गठन गरिएको थियो। एमालेले वडास्तरमा कात्तिक ६ र स्थानीय तह स्तरमा कात्तिक ९ गते अधिवेशन गर्ने तय गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP