Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने

एजेन्सी । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग फुटबल खेल्ने भएका छन्। 

आज (शुक्रबार)च्यासल युथ क्लबले पत्रकार सम्मेलन गरेर इटालीमा व्यवसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासले क्लबमा अनुबन्धन गरेको जानकारी गराएको हो। सम्झौता भएसँगै युवा स्ट्राइकर विकासले च्यासल क्लबको जर्सीमा ए डिभिजन लिग खेल्ने भएका हुन्। विकासले च्यासलसँग एक वर्षका लागि सम्झौता गरेका हुन्।

नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट आयोजना हुँदै छ। च्यासलले विदेशी खेलाडीको रूपमा विकासलाई अनुबन्धन गरेको हो। विकासले च्यासलबाट खेल्दा १० नम्बरको जर्सी लगाउनेछन्। च्यासलमा अनुबन्धित विकासले क्लबसँगको वातावरणले फुटबल खेल्न प्रेरित भएको बताए।

 १८ वर्षीय विकासले इटालीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका छन्। विकास इटालीको चर्चित क्लब एटलान्टाको युथ टिमबाट खेल्दै आएका छन्। यस्तै विकासले भेनेजियाको युवा टोली तथा काटोलिकार मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेका छन्। सन् २००८ मा ६ वर्षको उमेरमा इटाली पुगेका विकास १३ वर्षपछि नेपाल लिग खेल्न नेपाल आएका हुन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP