Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

काठमाडौं : नेपाल बार एसोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन १५ दिनभित्र लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई अल्टिमेटम दिएको छ।

एसोसिएसनको शुक्रबार बसेको बैठकपछि महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमार्फत प्रधानन्यायाधीश राणालाई नेपाल बारले अल्टिमेटम दिएको हो।

बारले गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने काम थाल्ने कार्यतालिका र प्रतिबद्धता दिन प्रधानन्यायाधीशलाई १५ दिनको समय दिएको हो।

याधीश कार्की संयोजक रहेको समितिले २ महिनाअघि अदालतमा मुद्दाको पेशी र इजलास गठनसम्बन्धी काममा सुधार गर्न प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको थियो।

अदालतमा स्वचालित प्रणालीबाट पेशी तोकिनुपर्ने र यस्तो प्रणाली थाल्न समय लाग्ने भएकाले तत्कालका लागि गोलाप्रथा प्रणाली अवलम्बन गर्न सर्वोच्चले नै गठन गरेका अध्ययन समितिहरू र बारले बेलाबेलामा सुझाव दिँदै आएका छन्।

न्यायाधीश कार्की नेतृत्वको समितिले प्रतिवेदन दिएपछि प्रधानन्यायाधीश राणाले कात्तिक १ देखि गोलाप्रथामा जाने प्रतिबद्धता यसअघि बारका प्रतिनिधिसँग गरेका थिए। प्रतिवेदन लागू गर्न प्रधान न्यायाधीश राणाले आलटाल गरेको आरोपसमेत बारले लगाएको छ। 

महासचिव पौडेलले बार बैठकको शुक्रबारको निर्णयबारे प्रधानन्यायाधीश राणालाई आइतबार भेटेर जानकारी गराउने जनाएका छन्। 

अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले, उच्च र जिल्ला अदालतमा मुख्य न्यायाधीशले मुद्दाको पेशी तोक्दै आएका छन्।

अदालतका विकृति रोक्न तत्काल गोलाप्रथा र दीर्घकालमा स्वचालित प्रणाली लागू गर्नुपर्ने सुझावप्रति प्रधान न्यायाधीश राणा सुरुमा सकारात्मक भएपनि अहिले अनिच्छुक भएको सर्वोच्च स्रोत बताउँछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP