Trending
समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला राजनीति कांग्रेस र माओवादीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने समाज पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप flash अपाङ्गता दिवसको अवसरमा शिवराज २ मा अन्तरक्रिया सम्पन्न

विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने

काठमाडौं । बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो । तत्कालका लागि भीएफआर उडान मात्र हुनेछ । उपकरणको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । हाललाई रात्रिकालीन उडान हुनेछैन ।

विमानस्थल जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । वर्षाबाट काठमाडौँ–विराटनगर उडान प्रभावित भएको थियो । नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए । स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP