Trending
flash कपिलवस्तुका केसी वन तथा वातावरण मन्त्री बन्दै, आजै सपथको तयारी राजनीति सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने खेल एसिसी प्रिमियर कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा आर्थिक नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन खेल नेपालले चौथो विकेट गुमायो, दिपेन्द्रसिंह ऐरी आउट राजनीति गीत गाएर बुवालाई भोट माग्दै गायिका ‘सुनिता थेगिम’ खेल नेपालले १५ रन जोड्दा गुमायो तीन विकेट खेल साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने अपराध लागुऔषध मुद्दामा दोषी ठहरिएर फरार रहेका एन्फा उपाध्यक्ष दावा पक्राउ

सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको पूर्ण बैठकमा सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूले सहभागी नहुने निर्णय गरेका छन्। आइतबार बसेको १४ न्यायाधीशको बैठकले यथास्थितिमा जबराले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो। प्रधानन्यायाधीश जबराले सोमबार पूर्ण बैठक बोलाउने तयारी गरेका छन्।

मन्त्रिपरिषद्‌मा भाग मागेको र विकृतिविहीन न्यायालयसम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेको लगायतका विषयमा प्रधानन्यायाधीश जबरा विवादित बनेका छन्।

जबराले आइतबार बारका पदाधिकारीहरूसँगको छलफलमा सोमबारका लागि आफूले सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक डाक्ने र त्यसमा बारका पदाधिकारीहरू पनि बोलाउने प्रतिवद्धता जनाएका थिए।

उनले बारसँगको छलफलमा आफूले गल्ती गरेको ठाउँमा माफी माग्न तयार रहेको बताएपनि सर्वोच्चकै न्यायाधीश उनको विपक्षमा देखिएका छन्। राजनीतिक भागबण्डाको विषयमा जोडिएका प्रधानन्यायाधीश जबरालाई पछिल्लो समय राजीनामा दिन चौतर्फी दबाव बढेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP