प्रचण्डलाई जुत्ता होइन, गोली हाने पनि कम हुन्छ

शोबु कटवाल

हत्या, हिंसा, भौतिक आक्रमण, जुत्ताचप्पल प्रहार गर्नु तथा कालोमोसो दल्नु गैह्र कानुनी ब्यबहार हुन् । अझै देशको पुर्वप्रधानमन्त्री माथी त्यस्तो आक्रमण हुनु अस्वभाबिक र असभ्यताको पराकाष्ठा हो । तर यो कुन कारणले भयो र कस्लाई भयो भन्ने प्रश्न महत्वुर्ण हुँदो रहेछ ।

हिजै जस्तो लाग्छ । आफ्ना निजि दुस्मनहरुहरुको भौतिक सफाय गरेर आएँ कम्रेड भन्दा, स्यावास ! भनेको । एक तह बढुवाको तक्मा लगाईदिएर सलामी दिएको । आफ्नै श्रीमती, छोराछोरीका बिचैबाट श्रीमानलाई जबर्जस्ती उठाएको, पाखो, बारी, कान्लामा लगेर कुटपिट र खुकुरीले रेटिरेटी हत्या गरेको । हिन्दु धर्म मानेको आरोपमा छाला काढेर नुन खुर्सानी दलेको । क्रिया पुत्रीको चार हातखुट्टा काटेको । संस्कृत पढाउने गुरुहरु र पत्रकारलाई जिउँदै माटोमा गाढेको । बलात्कार गरेको र नेर्दोष नेपाली छोरीहरुको अस्मिता लुटेको ।

हामीमा अझै पनि भ्रम छ । त्यति बेलाका घटना राजनैतिक थिए । तर अहँ, मलाई त्यस्तो लाग्दैन । ति कुनै पनि घटना राजनैतिक थिएनन् । ब्यक्तिगत थिए । पारिवारिक थिए । समाजमा आफ्ना बिरोधीहरुलाई प्रतिशोध लिनको लागी घटाइएका थिए । यौनका भोका रक्त पिपासुहरुको यौन कुन्ठा मेटाउनको लागी राजनैतिक आबरण दिएर मारिएका थिए नेपाल आमाका सन्ततीहरु ।

चन्दा नदिनेहरु बाँकी राखिएनन् । तिम्रो सिद्धान्त गलत छ भन्नेहरु जिउँदो रहेनन् । आफ्नो धर्म संस्कृति मान्छु भन्नेहरु रहेनन् । न धार्मिक स्थान बाँकी रहे, न बालबालिका भनिए, न विद्यालय छोडिए, न ऐतिहासिक सम्पदा चोखा रहे ।

महत्वपूर्ण कागजात अन्धाधुन्द डढाइए । आम सर्वसाधारण जनता, ब्यापारी, सरकारी कर्मचारीहरु छानि छानि काटिए । गरिबका हाँस, कुखुरा, खसी, राँगाको भोज खाईए, कम्रेडहरुका घर ठडिए, लडाकु घाईते अयोग्य भए, युवा खाडी र मरभुमिमा भासिन बाध्य भए । माओबादी भन्दा न्याय नहोला, तिनै खाओवादिहरु आज सदाचार, न्याय, नैतिकता तथा आदर्शका कुरा सिकाउँछन् । हाम्रै आँखा अगाडी मान्छे काट्दा सभ्य देख्नेहरु आज आक्रोसमा जुत्ता हान्दा असभ्य भन्छन् । तिनुहरुका सभ्यताका भाषण सुन्दा हामीलाई आफैसँग लाज लाग्छ अचेल ।

यो जुत्ता प्रहार होइन । यो द्वन्द्वात्मक-भौतिकवादको विजबाट अंकुरण भएकाे घृणा र हिंसा प्रस्फुटन हो । कम्युनिस्ट पुजीवादी सैद्धान्त बिचलित भएर निस्किएको आबेग हो । कम्युनिष्टको नाममा बिध्वंश भएको नेपाली समाज र संस्कृतिको प्रतिनिधित्व हो ।

हिजोको प्रचन्ड र आजको प्रचन्डलाई प्रत्यक्ष देख्नेहरुले मन बुझाउलान ? वर्ग संघर्षको लागी लड्दा शरिरमा गोलीको छर्रा लिएर हिँडेका घाइतेले सहलान? मुखमा माँड लाउन नपाएर युद्धमा होनिएकाहरुलाई आज प्रचन्डको बिरासतले खिसी टिउरी नगरेको होला? “बा” भनेर चिन्न नपाउँदै आफ्नो बा गुमाउँदाको पिडा हजारौँ रतन तिरुवाहरुले यति छिटै भुलेका होलान?

प्रचन्डले नेपाल, नेपाली जनता, धर्म, संस्कार र संस्कृतिमाथी गरेको प्रहारको लेखाजोखा गर्ने हो भने जुत्ता होइन उनलाई सार्बजनिक ठाउँमा झुन्ड्याएर गोली ठोक्दा पनि कम हुन्छ । प्रतिक्षा गरौं एक दिन उनले आफ्नो कर्मको फल पाउने छन् । जुत्ता भएपनि हान्न हिम्मत गर्ने नेपाली आमाका सपूत रतन तिरुवालाई एक स्वतन्त्र नेपाली नागरिकको तर्फबाट सलाम ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP