Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बर्दियाका बाढीपीडितले अझै पाएनन् राहत

बर्दिया : सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार बाढी प्रभावित बर्दियाको राजापुर क्षेत्रको निरीक्षण गरे। निरीक्षणका क्रममा नेता पौडेलले बाढीपीडिका लागि राहतको तत्काल व्यवस्था गर्ने आश्वासन दिए।

उनले काठमाडौं फर्किएपछि पीडितलाई राहतका लागि पहल गर्ने बताए। यसअघि गत शुक्रबार बर्दिया आएका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि काठमाडौं पुगेर योजना बनाउने बताएका थिए।

प्रधानमन्त्री र सत्तारुढ दलका उच्च नेताहरूले आश्वासन दिइरहे पनि बर्दियाका बाढीपीडितहरू भने पाँच दिनदेखि चाउचाउ र चिउराकै भरका छन्। तत्काल भनेको कहिलेसम्म हो भनेर उनीहरूले सरकारलाई प्रश्न गरेका छन्। घरमा भएका सबै अन्नपात बाढीले बगाएपछि टहराको बास भएका बाढीपीडितहरूले खाद्यान्नका नाममा चाउचाउ र चिउराबाहेक केही नपाएको बताएका छन्।

‘मेरो आठ कट्ठा जमिन नदीले कटान गरेर बगाएको छ, अब दुई कट्ठा बचेको छ,’ राजापुरका हरिलाल चौधरीले भने, ‘धान सकै नष्ट भयो, अब मैले परिवार कसरी पाल्ने? मलाई उचित राहत कहिले मिल्छ?’

स्थानीयका घर हिलोले भरिएका छन्। पानी कम भएपछि अहिले घरभित्रको हिलो पन्छ्याउन भ्याइनभ्याइ छ। स्थानीय तहहरूले भने बाढी पीडितहरूलाई राहत बाडिरहेको बताएका छन्।

पश्चिम नेपालकै सबैभन्दा बढी धान खेती हुने बर्दियामा करिब ३५ हजार हेक्टरमा लगाइएको धान बाढीले क्षति गरेको छ। कर्णाली नदीको बाढी गाउँ पस्दा बर्दियाका झण्डै सात हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन्।

सरकारले तत्काल आफूहरूका लागि खाद्यान्न र बासको जोहो गर्ला भन्ने आसमा बसेका बाढी प्रभावितहरू आश्वासन मात्रै पाएपछि निरास बनेका छन्। नेताहरू भ्रमणमा मात्रै आउने आफ्ना कुराहरू नसुनिकनै फर्किने गरेपछि स्थानीयले आक्रोस समेत पोखेका छन्। यसअघि प्रधानमन्त्री देउवा बर्दिया आउँदा पनि आफ्ना कुरा नसुनी फर्किएको पीडितहरुको गुनासो छ। बाढी आए यता प्रदेश र केन्द्रका नेताहरूले बाढीपीडित क्षेत्रको निरीक्षण गरेर आश्वासन बाड्ने बाहेकको काम नभएको स्थानीयको गुनासो छ।

यसअघि २०७१ सालमा आएको बाढीबाट घरबास गुमाएका पीडितले अझै राहत पाउन सकेका छैनन्। सरकारले भुकम्पपीडितलाई सरह बाढीपीडितहरूलाई राहत उपलब्ध गराउने बताएपनि उनिहरू अझै पालमुनि बसिरहेका छन्। अहिले पनि पीडितले राहत पाउछन् कि पाउँदैनन् भन्नेमा प्रश्न समेत उठ्न थालेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP