Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

तिहारलाई ९० प्रतिशत माला स्वदेशी उत्पादनले धान्ने

काठमाडौं : नजिकिँदै गरेको दीपावलीका लागि ९० प्रतिशत माला स्वदेशी उत्पादनले धान्ने भएको छ।

स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्न प्रयास गरिए पनि विभिन्न जिल्लामा आएको बाढी पहिरोले  १० प्रतिशत माला भारतबाट ल्याउनुपर्ने फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ।

यसवर्ष दीपावलीका लागि सयपत्रीका १५ लाख ५० हजार माला आवश्यक पर्ने छ। यसमध्ये १३ लाख  स्वदेशी उत्पादनले धान्ने छ।

२ लाख ५० हजार माला भारतबाट आयात गर्नुपर्ने भएको एसोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए।

तिहारलाई लक्षित गर्दै  प्रतिमाला थोक मूल्य निर्धारण गरिएको छ। सयपत्री प्रतिमाला ५५, मखमली ३५ र गोदावरीको ३ सय ५० पर्ने  एसोसिएशनले जनाएको छ।

देशका विभिन्न जिल्लामा उत्पादित फूल बाढी तथा पहिरोले नष्ट भएको एसोसिएशनले जनाएको छ। लुम्बिनी प्रदेशमा ७० प्रतिशत फूल क्षति भएको अध्यक्ष तामाङले बताए।

यसअघि भारतबाट अवैध तवरबाट फूल भित्रिँदा नेपाली फूलले बजार नपाएको गुनासो फूल उत्पादकले गर्दै आएका थिए।

यसपाली फूल तस्करीलाई मध्यनजर गर्दै भारतसँगका सीमानाकामा कडाइ गर्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको एसोसिएशनले जनाएको छ।  

कात्तिक १२-१५ गोदावरी फूलको प्रदर्शनी 

कात्तिक १२-१५ गते १४ औ गोदावरी पुष्प प्रदर्शनी हुने भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’  नारासहित एसोसिएशनले प्रदर्शनी गर्न लागेको हो।  

०५३ सालदेखि निरन्तर हुँदै आएको प्रदर्शनी यस वर्ष पनि गरिने भएको छ। पुष्प विकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एसोसिएशन नेपालले प्रदर्शनी गर्न लागेको हो।

मेलामा जम्मा ४८ प्रदर्शन कक्ष रहने छन्। मेलामा उत्कृष्ट स्टलतर्फ प्रतिस्पर्धा हुने छ। उत्कृष्ट हुनेलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने छ। 

मेलाका लागि १६ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको मेला संयोजक सीताराम पन्तले जानकारी दिए।

यसका लागि ८ लाख रूपैयाँ स्टलको भाडाबाट उठाउने ४ लाख रूपैयाँ बागमती प्रदेश सरकारको सहयोग र बाँकी ४ लाख रूपैयाँ प्रवेश टिकटबाट उठाउने तयारी रहेको उनले बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP