प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राष्ट्रिय युवा संघ बाँकेले बुधबार बेलुका कोहलपुर चौराहामा दिप प्रज्वलन गरेको छ ।
राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुस्माखर बस्यालले प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मैन बत्ती प्रज्वलन गरेको बताए ।
संघका संयोजक कुस्माखर बस्याल, सह-संयोजक आकाश कार्की, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक जिएम, खेम शर्मा, नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने, नेता अब्दुल हुसेन खा, नेकपा कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारी, सचिव तुला बिष्ट लगायत युवा तथा बिध्यार्थीहरुले दिप प्रज्वजन गरेर प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृगौला प्रत्यारोपण गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया