Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौं :   आईसीसी टी–२० विश्वकपमा क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ।  मंगलबार राति भएको खेलमा न्यूजिल्याण्डलाई ५ विकेटले हराउँदै  पाकिस्तानले विश्वकपमा दोस्रो जित निकालेको हो।​

न्यूजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि मोहम्मद रिजवानले ३३ शोएब मलिकले र आसिफ अलीले नटआउट २७–२७ तथा फखर जमान, मोहम्मद हफीज र इमाद वासिमले ११–११ रन बनाउँदा कप्तान बाबर आजम ९ रनमा आउट भए।

बलिङमा इश सोधीले २, मिचेल सेन्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए।

यसअघि, शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएरन १ सय ३४ रन बनाएको थियो।

उसका लागि डेरिल मिचेल र डेभन कन्वेले २७–२७ तथा कप्तान केन विलियम्सनले २५, मार्टिन गुप्टिलले १७ र ग्लेन फिलिप्सले १३ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

पाकिस्तानका लागि हरिस रउफले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २२ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए। यस्तै, मोहम्मद हफीज, इमाद वासिम र शाहीनशाह अफ्रिदीले १–१ विकेट लिए। 

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो। न्यूजिल्याण्ड भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।  समूह  ‘बी’ मा रहेको पाकिस्तान तालिकाको शीर्ष स्थानमा छ। दोस्रोमा अफगानिस्तान, न्यूजिल्याण्ड तेस्रो, भारत चौथो र स्कटल्याण्ड पाँचौ स्थानमा रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP