Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं : विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। महोत्तरीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पिपरा गाउँपालिकामा ज १२ प ४९७७ नम्बरको स्कुटरले सिन्धुली मरिण गाउँपालिकाका ३८ बर्षीय हरिबहादुर भुजेललाई ठक्कर दिएको थियो। 

जनकपुरबाट जलेश्वरतर्फ छुटेको स्कुटरले ठक्कर दिएर घाइते भएका उनको जानकी हेल्थ केयरमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ। 

यस्तै‚ मकवानपुर हेटौँडा उपमहानगरपालिका ८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार पुरुषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका रिक्सामा सवार ४५ वर्षीय पदमबहादुर बिकको उपचारको क्रममा चुरे हिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।फायरलाइनबाट मनकामना चोकतर्फ छुटेको ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरित दिशाबाट जाँदै गरेको ना २ ह ५८६५ नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो। 

यस्तै‚ सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर चोकमा गएराति बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७७८४ नम्बरको बसले पैदल हिँडिरहेकी स्थानीय ४५ वर्षीया ठण्डेश्वरी भगतलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको अस्पताल पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP