मास्क लुकाउने र महँगोमा बेच्ने ६ फर्मलाई अढाइ लाख जरिवाना, अनुगमन तीव्र

काठमाण्डाै – मास्क (मुखावरण), स्यानिटाइजर लगायतका मेडिकलजन्य सामग्रीको कालोबजारी गर्ने कम्पनी तथा बिक्रेतालाई सरकारले कारबाही सुरु गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि बजारमा अनुगमन तीव्र बनाएको र लुकाउने तथा बढी मूल्यमा कारोबार गर्नेलाई कारबाही थालिएको जनाएको छ ।

विभागले हिजो काठमाण्डाैकाे क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई मास्क लुकाएको आरोपमा दुई लाख रुपैयाँ र बिलबिना नै महँगोमा मास्क बिक्री गरेको आरोपमा सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ जरिबाना तिराएको छ । अन्य ८ वटा फर्मलाई सचेत गराइएको विभागले जनाएको छ ।

विभागले बुधबार पनि बजार अनुगमन गरी त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिबाना तिराएको छ । उनीहरुले बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेको विभागले जनाएको छ ।

विभागले सोमबार त्रिपुरेश्वरकै स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ ।

काेराेना भाइरसकाे सङ्क्रमण बढेसँगै बजारमा मास्क तथा अन्य मेडिकलजन्य सामग्रीकाे कालाेबजारी बढेकाे गुनासाे आइरहेकाे थियाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP