टी–२० विश्वकप क्रिकेटमा नामिबिया ४ विकेटले विजयी

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबिया ४ विकेटले विजयी भएको छ । आबुधाबीमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । यससँगै नामिबियाले विश्वकपको सुपर १२ मा पहिलो पटक जित निकाल्न सफल भएको छ ।

नामिबिया पहिलो पटक सुपर १२ प्रवेशमा गरेको हो । स्कटल्यान्डले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो  ।

नामिबियाको जितमा जेजे स्मिथले अविजित रहँदै ३२ रन बनाए । यस्तै क्रेग विलियम्सले २३ रन जोडे । माइकल भानले १८ तथा डेबिड विएसले १६ रन बनाए । स्कटल्यान्डका माइकल लास्कले दुई तथा क्रिस ग्रेभ्स, ब्राड ह्विल, मार्क वाट र साफ्यन शारिफले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP