Trending
समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला समाज हेम्जा आलु महोत्सवमा ३० लाखको आलु बिक्यो राजनीति लुम्बिनी प्रदेशमा सरकार विस्तार‚ आजै मन्त्रीहरुको शपथग्रहण समाज मनकामना केबलकार शुक्रबार बन्द हुने अपराध विराटनगरमा सभा, सम्मेलन नगर्न प्रशासनको आग्रह राजनीति स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण : अर्थमन्त्री समाज पोखरामा भएको सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते राजनीति शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाई छाड्छु : मन्त्री श्रेष्ठ flash कपिलवस्तुका केसी वन तथा वातावरण मन्त्री बन्दै, आजै सपथको तयारी

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को विरोधकै बीच बैठक दिउँसो एक बजे बोलाइएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रदेश सभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माबाट सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने छन् ।

यस्तै वन, वातावरण तथा भू-संरक्षणमन्त्री सुरेन्ऽबहादुर हमालबाट वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीबाट जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भई निर्णयार्थ पेस हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले बताए ।

प्रमुख विपक्षी दल एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले भने आफ्ना माग सम्बोधन नभएकाले आजको बैठक पनि अवरुद्ध गर्ने बताएका छन् ।

एमालेले तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रदेश सभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने बताइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP