Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नीति र विधिभन्दा बाहिर गएर काम गर्दिनँ : सभामुख भण्डारी

विराटनगर : प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको संस्थापक सभामुखको हैसियतले नीति र विधिभन्दा बाहिर गएर काम नगर्ने बताएका छन्।   संसदीय पत्रकार मञ्च प्रदेश १ को आयोजनामा बिहीबार भएको अन्तरक्रियामा सभामुख भण्डारीले नियमावली र संविधानभन्दा बाहिर गएर कुनै काम नगर्ने बताएका हुन्।

सभामुख भण्डारीले अभावका बीच शुरु भएको प्रदेशसभा उत्कृष्ट काम गर्दै प्रदेशसभा भवन बनाउन सफल भएको बताए। प्रदेश सभामा गरिने हरेक गतिविधि नागरिककै लागि भएकले नागरिकका विषयमा सभाले निरन्तर काम गरेको उनको भनाइ छ।

उनले प्रदेशसभालाई  कानुन, नियमावली, संविधानसँगै अभ्यास र सहमतिसँग जोडिएको थलोको रुपमा चित्रण गरेका छन्। ‘विपक्षी आएन वा सरकार आएन भनेर संसद चल्दैन भनेर कहाँ लेखेको छ?’ उनको प्रश्न गर्दै भने, ‘मैले त सरकार नभएको बेलामा पनि सदन चलाइदिएँ।’

अन्तरक्रियामा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसदीय खुलापनको कुरा सीमाहीन नहुने र निश्चित परिधिभित्र रहेर चल्नुपर्ने बताए। उनले विषयगत समितिको बैठकमा पत्रकारहरूको प्रवेशलाई रोक्न नहुनेमा जोड दिए।

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले पनि विषयगत समितिको बैठकमा पत्रकारहरूलाई सहभागी गराउनु पर्ने बताए। संघीय लिम्बुवान राष्ट्रिय मञ्च संसदीय दलका नेता विष्णुमाया तुम्बाहाङ्फेले महिलाहरूले संसदमा उठाएका विषयहरूलाई सञ्चार क्षेत्रले प्राथमिकता नदिने गरेको र ३३ प्रतिशत महिलाहरू उपेक्षामा पर्ने गरेकोतर्फ मिडियाले ध्यान दिनु पर्ने बताइन्।

सामाजिक विकास समितिका सभापति सरिता थापाले मिनी पार्लियामेन्टको गतिविधिमा सांसद र मिडियाको चासो कम भएको अनुभूति आफूले गरेको बताइन्। सांसद कुलप्रसाद साम्बाले प्रदेश १ प्रदेशसभा तुलनात्मक रूपमा खुला र पारदर्शी रहेको बताए।

प्रदेशसभा सदस्य लोकप्रसाद सङग्रौलाले मिडिया र समाज नकारात्मकताबाट ग्रसित भएको भन्दै त्यसमा परिवर्तन ल्याउन जरुरी रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP