Trending
राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री राजनीति आज राष्ट्रिय सभाको बैठक बस्ने समाज डढेलोमा परी महिलाको मृत्यु अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

नीति र विधिभन्दा बाहिर गएर काम गर्दिनँ : सभामुख भण्डारी

विराटनगर : प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको संस्थापक सभामुखको हैसियतले नीति र विधिभन्दा बाहिर गएर काम नगर्ने बताएका छन्।   संसदीय पत्रकार मञ्च प्रदेश १ को आयोजनामा बिहीबार भएको अन्तरक्रियामा सभामुख भण्डारीले नियमावली र संविधानभन्दा बाहिर गएर कुनै काम नगर्ने बताएका हुन्।

सभामुख भण्डारीले अभावका बीच शुरु भएको प्रदेशसभा उत्कृष्ट काम गर्दै प्रदेशसभा भवन बनाउन सफल भएको बताए। प्रदेश सभामा गरिने हरेक गतिविधि नागरिककै लागि भएकले नागरिकका विषयमा सभाले निरन्तर काम गरेको उनको भनाइ छ।

उनले प्रदेशसभालाई  कानुन, नियमावली, संविधानसँगै अभ्यास र सहमतिसँग जोडिएको थलोको रुपमा चित्रण गरेका छन्। ‘विपक्षी आएन वा सरकार आएन भनेर संसद चल्दैन भनेर कहाँ लेखेको छ?’ उनको प्रश्न गर्दै भने, ‘मैले त सरकार नभएको बेलामा पनि सदन चलाइदिएँ।’

अन्तरक्रियामा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसदीय खुलापनको कुरा सीमाहीन नहुने र निश्चित परिधिभित्र रहेर चल्नुपर्ने बताए। उनले विषयगत समितिको बैठकमा पत्रकारहरूको प्रवेशलाई रोक्न नहुनेमा जोड दिए।

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले पनि विषयगत समितिको बैठकमा पत्रकारहरूलाई सहभागी गराउनु पर्ने बताए। संघीय लिम्बुवान राष्ट्रिय मञ्च संसदीय दलका नेता विष्णुमाया तुम्बाहाङ्फेले महिलाहरूले संसदमा उठाएका विषयहरूलाई सञ्चार क्षेत्रले प्राथमिकता नदिने गरेको र ३३ प्रतिशत महिलाहरू उपेक्षामा पर्ने गरेकोतर्फ मिडियाले ध्यान दिनु पर्ने बताइन्।

सामाजिक विकास समितिका सभापति सरिता थापाले मिनी पार्लियामेन्टको गतिविधिमा सांसद र मिडियाको चासो कम भएको अनुभूति आफूले गरेको बताइन्। सांसद कुलप्रसाद साम्बाले प्रदेश १ प्रदेशसभा तुलनात्मक रूपमा खुला र पारदर्शी रहेको बताए।

प्रदेशसभा सदस्य लोकप्रसाद सङग्रौलाले मिडिया र समाज नकारात्मकताबाट ग्रसित भएको भन्दै त्यसमा परिवर्तन ल्याउन जरुरी रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP