Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

लगातार तेस्रो जित निकाल्दै पाकिस्तान सेमिफाइनल नजिक

एजेन्सी । युएईमा जारी टी-२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ। अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले अंक तालिकामा ६ अंक बनाउँदै सेमिफाइनल यात्रा लगभग पक्का गर्‍यो। दोस्रो स्थानमा रहेको अफगानिस्तानको यो प्रतियोगितामा पहिलो हार हो।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। जवाफमा पाकिस्तानले ६ बल बाँकी हुँदा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले मोहमद्ध नावि र गुलाबदिन नइबको सातौं विकेटको पार्टनरसिप महत्वपुर्ण रह्यो। उनीहरुले ७१ रनको साझेदारी गरेका थिए। कप्तान नाबि र नाइबले समान ३५-३५ रन बनाएका थिए। त्यसअघि नाजिबुल्लाह जाद्रानले २२ रन बनाउँदा करिम जनातले १५ तथा अस्गर अफगान तथा रहममनुलाह गुर्वाजले समान १०-१० रन जोडेका थिए।

पाकिस्तान अन्तिम दुई ओभर बाँकी हुँदा सम्म दबाबमा भए पनि १९ औ ओभरनै उसलाई पराजित गर्न पर्याप्त रह्यो। १९ औं ओभरमा आसिफ अलीले ४ छक्का प्रहार गर्दै टीमको जित निश्चित गरे। उनले ७ बलमा २५ रनको नटआउट इनिङ खेले। तयस्तै, पाकिस्तानका लागि कप्तान बाबर अजामले ५१ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै फखर जमानले ३० रन बनाउँदा मोहमद हाफिजले १० रन बनाउँदा सोएब मलिकले १९ रन बनाए।

अफगानिस्तानका लागि रसिद खानले २ विकेट लिंदा मुजिबउर रहमान, मोहमद्ध नावि तथा नभिन उल हकले समान १-१ विकेट लिएका थिए। रासिद सर्वाधिक कम खेलमा १०० विकेट लिने खेलाडीसमेत बने। उनले ५३ खेलमा एक सय विकेट पूरा गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP