प्रिमियर लिग : चेल्सी र म्यानचेस्टर विजयी, सिटी पराजित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले जित  निकाल्दा लिभरपुल बराबरीमा रोकिएको छ भने म्यानचेस्टर सिटी पराजित भएको छ। 

शनिबार राति भएको खेलमा युनाइटेडले टोटनहमलाई ३-० गोल अन्तरले पराजित गर्दा चेन्सीले न्युक्यासल युनाईटेडलाई समान  ३-०  गोल अन्तरले पराजित गरेको हो।

लिभरपुल ब्राइटनसँग २-२ को बराबरीमा रोकिँदा सिटी घरमै क्रिस्टल प्यालेससँग २-० ले स्तब्ध भएको हो। अन्य खेलमा आर्सनलले लेस्टरलाई २–० ले हरायो। साउथह्याम्पटनले वाट्फोर्डलाई १-० ले हराउँदा बर्नलीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको छ।

खेलसँगै चेल्सी १० खेलबाट २५ अंकसहित पहिलो स्थानमा छ। २२ अंक रहेको लिभरपुल दोस्रो स्थानमा रहँदा म्यानचेस्टर सिटी २० अंकसहित तेस्रो स्थानमा छ। समान १७ अंकका साथ वेस्ट ह्याम, म्यानचेस्टर युनाइटेड र आर्सनल समान १७ अंक सहित चौथो, पाँचौ र छैटौं स्थानमा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP