Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आज विश्व सहरी दिवस मनाइँदै

काठमाण्डाै – आज विश्व सहरी दिवस मनाइँदैछ । ‘सुन्दर र सुखी जीवनको आधार : जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहरीकरण दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा यस वर्ष सहरी विकास मन्त्रालयको नेतृत्वमा काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिकालगायत विभिन्न पालिका, काठमाण्डौ उपत्यका विकास प्राधिकरण, राष्ट्रिय आवास कम्पनी, नगर विकास कोष तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा कार्यक्रम गर्न लागेको मन्त्रालयका सहसचिव एवं दिवस मुल तयारी समितिका संयोजक विष्णुप्रसाद शर्माले बताउनुभयो ।

नेपालमा नगरपालिका क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या झण्डै ६२ प्रतिशत छ । तर सहरी सुविधा उपयोग गर्ने जनसङ्ख्या झण्डै एक चौथाइ मात्र रहेको छ । व्यवस्थित सहरीकरण, सहरको भौतिक वातावरण तथा व्यवस्थापन हुन सकेको छैन ।

दिवसका अवसरमा शुभकामना दिँदै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जलवायु परिर्वतनका चुनौतीको सामना गर्न अनुकूलन क्षमता र सामाजिक पूँजी वृद्धि गरी सम्भावित प्रकोपका जोखिम कम गर्न र सहरी उत्थानशीलतालाई सुदृढ बनाउन सहरको दिगो विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सहर दिवसको मुख्य उद्देश्य विकासका प्रमुख मुद्दा सहरीकरणलाई मानेर दिगो सहरी विकास हासिल गर्नका लागि अवसरको खोजी र सहरी समस्या समाधानका उपायको खोजी तथा कार्यान्वयन गर्ने रहेको संयोजक शर्माको भनाइ छ । नेपालमा सन् २०१९ देखि यो दिवस मनाउन थालिएको हो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP