Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विमानस्थल छिटो निर्माण सम्पन्न गर्न कार्यवाहक प्रधानमन्त्री खाँणको निर्देशन

काठमाडौं : कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन्।

आइतवार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरूणा बुद्ध मुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अविलम्ब सम्पन्न गरेर उद्घाटन हुने अवस्थामा पुर्‍याउन निर्देशन दिएका हुन्।

उनले सो विमानस्थललाई मास्टर प्लान अनुसार नै बनाउने प्रतिवद्धता जनाए। विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन लागि निर्देशन दिँदै उनले त्यसका लागि गर्नुपर्ने काममा सरकार तयार रहेको स्पष्ट पारे।

उनले भने, ‘विमानस्थल अविलम्ब चालु होस्। त्यसका लागि नेपाल सरकारले गम्भीरतापूर्वक आफ्ना कदमहरू अगाडि बढाउने छ। यो विमानस्थलको माध्यमबाट हामी अन्तर्राष्ट्रिय उडान भर्न चाहान्छौँ। त्यसका लागि छिटोभन्दा छिटो यसको उद्घाटन हुनेछ।’

बुद्धको उपदेशलाई संसारभर पुर्‍याउन र आफ्नो जीवनमा अनुशरण गर्न सबै संवेदनशील हुन आग्रह पनि गरे। उनले नेपाल भौगोलिक, धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक विविधता हुनु नेपालको लागि सम्पदा रहेको उल्लेख गरे।

उनले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानहरुलाई सरकारले राहत दिने पनि बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP