Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रदेश १ विश्वासको मत : मुख्यमन्त्री आचार्यविरुद्ध विपक्षी, गठबन्धनबाट राईको प्रस्ताव

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले भोलि (सोमबार) लिने विश्वासको मतको विपक्षमा  पाँचदलीय  विपक्षी गठबन्धनले मतदान गर्ने भएका छन्।

गठबन्धनको आइतबार बसेको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताले यस्तो निर्णय गरेका हुन्।

गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्ने निर्णय पनि गरेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

उनले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई एकमतका साथ बिदा गर्ने बताउँदै उनले भने, ‘राजेन्द्र राईलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने हाम्रो गठबन्धनको निर्णय भएको छ।’

९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्नेमा आचार्यले ३९ मत मात्र पाउने अवस्था छ।

प्रदेशसभामा एमालेका ४१ सांसद रहे पनि सभामुख प्रदिपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउँछन् र गुलेफुन मियाँ फरार छन्।

विपक्षी गठनबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा छ।

गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन्। राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP