Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानन्यायाधीशको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावपछि न्यायाधीशहरु छलफलमा

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू सम्मानजनक निकासको लागि तयार रहेको सन्देश पठाएपछि न्यायाधीशहरु छलफलमा जुटेका छन् ।

न्यायाधीश मनोजकुमार शर्मामार्फत प्रधानन्यायाधीश जबराले आफू सम्मानजनक बहिर्गमनको लागि तयार रहेको र केही समय काम गरेर न्यायालयबाट बिदा लिने प्रस्ताव गर्नुभएको हो । तर उहाँले बहिर्गमनको मार्गचित्र र प्रकृतिबारे भने प्रष्ट पार्नुभएको छैन ।

प्रधानन्यायाधीशको प्रस्तावपछि न्यायाधीश शर्मासहित न्यायाधीश अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल रहेको वार्ता टोली गठन भएको छ । टोलीले हिजो प्रधानन्यायाधीशसँग एक चरण छलफल गरिसकेको छ । प्रधानन्यायाधीशसँगको भेटमा न्यायाधीशहरुले सके तत्काल र नत्र केही समय बिदा बसेर राजीनामा दिन आग्रह गरेका छन् ।

उनीहरुले आजका लागि प्रधानन्यायाधीशले आफ्ना लागि पेसी नतोक्न र बाँकी न्यायाधीशका लागि पनि बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र पेसी तोक्न आग्रह गरेका छन् । यसबारे प्रधानन्यायाधीश सकारात्मक रहे पनि राजीनामा दिनुपर्ने आग्रहलाई भने अस्वीकार गर्नुभएको छ ।

न्यायाधीशहरुबीच आज पनि छलफल हुँदैछ । प्रधानन्यायाधीश जबराले केही समय काम गर्ने र त्यसपछि छोड्ने प्रस्ताव गर्नुभएको बुझिएको छ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम कायमै रहने जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP