क्रिकेटको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको छ। क्यानले गठन गरेको छनोट समितिले आवेदन परेकाको केहि दिनमा अन्तर्वाता गर्ने जनाएको छ।

क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो। मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन छ। ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन्।

६७ वर्षीय ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भएका थिए। तर, उनले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP