Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सीमानाकामा प्रहरीको कडाइ

बैतडी : तिहारलाई मध्यनजर गर्दै प्रहरीले नाकामा कडाइ गरेको छ। यस्तै‚ पटाका आयात र बिक्री तथा जुवातास खेलमा निगरानी बढाएको छ।

जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार भारतबाट पटका आयात हुने भएकाले सीमानाका झुलाघाटलगायतका क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको हो। पटाका ओसारपसार, किनबेच र पड्काउने सबैलाई कारवाही गरिने उनले बताए।

चाडपर्वका नाममा रमाइलो गर्दा पटकाको आवाज र आतसवाजीले ध्वनी प्रदूषण हुने, धनजनको क्षति हुने, आतंक फैलिने र स्वास्थ्यमा समेत असर पर्ने भएकाले कडाइ गरिएको प्रहरी निरीक्षक खड्काले बताए। तिहारलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न देउसी-भैली राति अबेरसम्म नखेल्न पनि प्रहरीले आग्रह गरेको छ।

तिहारको समयमा बजार तथा गाउँघरमा खेलिने जुवातासलाई नियन्त्रण गर्ने प्रहरीले अनुगमन बढाएको छ। जुवातास, चोरी‚ लुटपाट नियन्त्रण गर्ने चौबिसै घण्टा गस्ती टोली परिचालन गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP