Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राहदानी बनाउन हिजो एकैदिन ५ हजार जनाले लिए टोकन

काठमाण्डाै – राहदानी बनाउनेको सङ्ख्या यो वर्षको अहिलेसम्मकै उच्च भएको छ । सामान्य अवस्थामा दैनिक एक हजार जनासम्मले राहदानी बनाउने गरेकामा हिजो एकैदिन ५ हजार जनाले राहदानीका लागि टोकन पाएका विभागका प्रवक्ता सरद राज अरनले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही दिनयता लगातार राहदानी बनाउनेको भीड बढेको छ । हिजो राहदानी बनाउनका लागि ५ हजार जनाले टोकन लिएका उहाँले बताउनुभयो । अब टोकन नम्बरका आधारमा राहदानी वितरण गरिने उहाँको भनाइ छ।  राहदानी विभागको अगाडि मानिसको भीड थेगिनसक्नु छ।

भीड थेगिसक्ने अवस्था नभएकाले  भीड नियन्त्रणका लागि टोकनको व्यवस्था गरिएको भए पनि टोकन लिनकै लागि पनि भीड हुने गरेको छ ।  बिहानैदेखि राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । धेरै भीडका कारण बाटोमा हिँड्ने यात्रुलाई पनि समस्या पर्ने गरेको छ । अहिले अमेरिका जानका लागि खुलेको डाइभर्सिटी भिसा (ई–डीभी) खुलेका कारण पनि राहदानी बनाउनेको भीड बढेको उहाँ बताउनुहुन्छ । त्यो भिसा आवेदनका लागि गएको वर्षदेखि  राहदानी नम्बर अनिवार्य गरिएको छ ।

विगतका वर्षमा नागरिकता नम्बर वा अन्य परिचयपत्रकाे नम्बरले काम गर्थ्याे तर अहिले राहदानी नम्बर नै अनिवार्य गरेकाले राहदानी पहिल्यै बनाउनुपर्ने बाध्यता आवेदकलाई परेको छ ।

गएको सेप्टेम्बर महिनासम्म तीन लाख ४९ हजार १ सय ७५ वटा राहदानी जारी भएका छन् । नेपालमा एमआरपी जारी हुन सुरु गरेयता अहिलेसम्म ६७ लाख ५९ हजार ९ सय ८३ थान राहदानी जारी भएका छन् ।

राहदानीको खपत बढे पनि अभाव भने नभएको उहाँले बताउनुभयो ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP