Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सुदूरपश्चिम सरकारको नेतृत्वमा एकीकृत समाजवादीको दाबी

धनगढी : नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ।

प्रदेशभित्र आगामी दिनमा गर्ने कार्यक्रमबारे जानकारी दिन सोमबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा पार्टीकी प्रदेश इन्चार्ज गरिमा शाहले नेतृत्व फेरिनुपर्ने माग गरेकी हुन्। 

‘अहिले प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व हाम्रै पार्टीले गर्नुपर्छ। यसबारे अध्यक्ष माधवकुमार नेपालसँग कुरा भएको छ। हामीले लिखित माग पनि गरेका छौं,’ उनले भनिन्।

गठबन्धन सरकारलाई एकीकृत समाजवादीको साथ रहे पनि बहुमतको आधारमा प्रदेशको नेतृत्व परिवर्तन हुनुपर्ने माग पार्टीले अघि सारेको उनले बताइन्। 

सोही अवसरमा एकीकृतसमाजवादीले कात्तिक २० गते जिल्लाभित्र कमिटी गठन, पुनर्गठन एवम् विस्तार, पार्टीको संगठित सदस्यता पाएको पुरानै मितिलाई कायम गरेर मंसिर २० गतेसम्म सदस्य नवीकरण गरिसक्नुपर्ने जानकारी दिएको छ। 

यसैगरी, पुस मसान्तसम्म एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य बनाएर अभियानकै रुपमा सञ्चालन गर्ने, मंसिर ३ गते प्रदेशस्तरीय कार्यकर्ता भेलाको आयोजना धनगढीमा गरिनेलगायत कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

एकीकृत समाजवादीले प्रदेश कमिटीका पदाधिकारीको कार्य विभाजनसमेत गरेको छ।

संगठन विभाग प्रमुखमा शेरबहादुर कुँवर, पार्टी स्कुल विभाग प्रमुखमा हर्कबहादुर सिंह, प्रदेश कार्यालय व्यवस्थापन प्रमुखमा दिनेशचन्द्र सुवेदी, कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुखमा दीर्घ सोडारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा तारा लामा तामाङ तथा महिला फाँट प्रमुखमा माया भट्टलाई चयन गरिएको पार्टीका सचिव दिनेशचन्द्र सुवेदीले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP