टोटनह्यामका प्रशिक्षक सान्टो बर्खास्त

एजेन्सी । इंग्लिस क्लब टोटनह्माम हट्सपरले प्रशिक्षक नुनो इस्पिर्टो सान्टोलाई बर्खास्त गरेको छ। जारी सिजन लगातार खराब प्रदर्शनबाट गुज्रिएको टोटनह्यामले अन्ततः प्रशिक्षक सान्टोलाई अनुबन्धित गरेको ४ महिनामै बर्खास्त गर्न पुग्यो।

४७ वर्षीय पोर्चुगाली सान्टोले टोटनह्यामसँग २ वर्षका लागि सम्झौता गरेका थिए। त्यसअघि टोटनह्यामले शनिबार म्यानचेस्टर युनाइटेडसँग ३-० को हार भोगेको थियो।

क्लबले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आज क्लबले नुनो स्पिरिटो सान्टो र उनका सहयोगी लेन क्याथ्रो,  रुई बार्बोसा र एन्टोनियो डियाजलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ।’

प्रिमियर लिगमा खेलेका पछिल्ला ७ खेलमा टोटनह्यामले ५ खेलमा पराजय भोगेको छ।

लिग अंकतालिकाको आठौं स्थानमा रहेको टोटनह्यामको १० खेलबाट ५ जित र ५ हारसहित १५ अंक छ। उ शीर्षस्थानको चेल्सीभन्दा १० अंक पछि छ।

प्रशिक्षक सान्टोलाई बर्खास्त गरेपछि टोटनह्यामका फुटबल निर्देशक पाबियो पाराटिकीले आफ्नो निर्णय बाध्यता भएको बताए।

उनले प्रशिक्षणमार्फत टीमलाई सफलता दिलाउन प्रयास गरेको भन्दै आफूले लिनुपरेको निर्णयबाट दुःख लागेको बताए।

उनले भने, ‘नुनो साँच्चिकै भलाद्ममी मान्छे  हुन्। उनलाई हामी जहिले पनि स्वागतका लागि तयार हुने छौं। उनलाई अहिले भने हामी धन्यवाद भन्न चाहन्छौं साथै सुखद भविष्यको कामना गर्दछौं।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP