Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

माटोका भाँडाकुँडाको बिक्री राम्रो भएपछि कुम्हार समुदाय उत्साहित

पर्सा : अघिल्लो वर्ष कोरोना महामारीका कारण बजार राम्रो नभए पनि यस वर्ष बजार केही राम्रो भएपछि माटोको भाँडाकुँडा बनाउने कुम्हार (कुमाल) समुदायका मानिसहरू उत्साहित भएका छन्।

बारा जिल्लाको विश्रामपुर गाउँपालिका-२ कान्तिपुर बरैनियाका ७२ वर्षीय चनरदेव पण्डित (कुम्हाल)लाई भ्याइनभ्याइ छ। कोरोना कहरले गत वर्ष सुस्त रहेको व्यवसाय चलायमान हुने देखेपछि उनी तिहार लक्षित सामान बनाउन व्यस्त छन्।

‘यो सिजन त अलि भ्याइनभ्याइ हुने सिजन नै हो‚’ उनले भने‚ ‘विगतमा सामानको रेट कम हुँदा पनि राम्रै फाइदा हुन्थ्यो तर अहिले केही रेट बढ्दा पनि मुनाफा भने तुलनात्मक रुपमा बढेको छैन।’

माटोका भाँडाकुँडा बिक्री गर्दा घर परिवारको खर्च चलाउँदै आएका उनले यस वर्ष करिब एक लाख रुपैयाँ आम्दानी हुने उनले बताए।

चनरदेव यस पेशमा ४२ वर्षदेखि छन्। तर‚ आधुनिकतासँगै भित्रिएका झालरबत्ती र छिमेकी मुलक भारतमा मेशिनबाट बनाइएका दियो आफ्नो समुदायको पेशा गर्नेका लागि दीर्घकालीन समस्या भएको चनरदेवको बुझाइ छ।

‘मेशिनबाट बनाएका माटोका आयातित दियो सस्तो र बुट्टादार हुँदा ग्राहकहरू ती दियोतर्फ आकर्षित हुन थालेका छन्‚’ उनले भने‚ ‘यसले चाहिँ स्वदेशी उत्पादनलाई मार परिरहेको छ।’

तराईमा धुमधामले साथ मनाइने दीपावली र छठपर्वमा माटोका कलश, ढकन, चौमुख दियो, हात्ती, खपरी, सानो दियो अनिवार्य झै छ। गत वर्ष कोरोनाका कारण खुलेर पर्व मनाउन नपाएका सर्वसाधारणहरूले यस वर्ष भने ती सामग्रीको जोहो थालेपछि माटोका सामान बनाई बेच्ने व्यवसायी उत्साहित छन्।

व्यवसायीहरूले सोमबार समुदायको तर्फबाट वीरगञ्जको घण्टाघर छेउमा कार्यक्रम गरी वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसँग छठ पर्वसम्म बीपी उद्यानको सडक छेउबाट आफूलाई नहटाउन आग्रह पनि गरे। ‘मिल्छ भने हामीलाई नियमित यतै माटोका सामग्रीको पसल गर्न व्यवस्था पनि मिलाइदिनुस्’ नगरप्रमुखसँग उनीहरुले भने।

नगरप्रमुख सरावगीले पनि तत्काल त्यहाँबाट नहटाउने आवश्वासन दिए। उनले व्यवस्थित रुपमा व्यापार गर्न व्यवस्था गरिदिने बताए।

पुर्ख्यौली पेशाको निरन्तरता

वीरगन्ज-१६ का राजेन्द्र पण्डित व्यापारमा कुनै अवरोध नभए वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुने बताउँछन्।

वीरगञ्जको रानीघाटमा माटोका सामग्रीको पसल सञ्चालन गरी बसेका पर्साको रानीगञ्ज रहरियाका सुनिल प्रजापतिले माटोबाट विभिन्न सामान बनाएर बिक्री गर्दा घरायसी खर्च चल्ने आम्दानी हुने बताए। पुर्खाहरुले वर्षौंदेखि गर्दै आएको पेशा र आफ्नो पनि सिपले जीविकोपार्जनकै लागि भए पनि व्यवसाय नछोडेको उनले बताए।

बाराको इटियाहीका शम्भु पडित (कुम्हाल) घर बनाउने मिस्त्री हुन्। तर‚ पर्वका बेला उनी पुर्ख्यौली पेशा माटोको सामग्री बनाउने कामलाई पनि निरन्तरता दिने गरेको बताउँछन्। पर्साको पोखरिया नगरपालिका-७ रानीगञ्जकै दिनेश पण्डित प्रजापतिले विगत १५ वर्षदेखि माटोकै भाँडाकुँडा बनाउँदै बिक्री गर्दै आएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP