Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विश्वकप क्रिकेट : पाकिस्तानको लगातार चौँथो जित

काठमाडौं : लगातार चौंथो जित निकाल्दै पाकिस्तान टि-ट्वान्टी विश्वकप २०२१ समुह ‘२’ बाट सेमीफाइनलमा स्थान पक्का गर्ने पहिलो टिम बनेको छ।

 ९ वर्ष पछि पाकिस्तान कुनै पनि फर्म्याटको विश्वकपको पहिलो पटक सेमीफाइनल पुगेको हो। शेख जायद स्टेडियम अबुधाबीमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभर ब्याटिंग गर्दै ५ विकेट क्षतिमा १४४ रन मात्र बनाउन सक्यो र ४५ रनले पराजित भयो। पाकिस्तानले यस अघि भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई पराजित गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा नामिबियाको लागि डेभिड विजेले अविजित रहँदै सर्वाधिक ४३ रन, क्रेग विलियम्सले सर्वाधिक ४० रन, स्टेफेन बार्डले २९ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट क्षतिमा १८९ रन बनाएको थियो। पाकिस्तानको ब्याटिंगमा ओपनर मोहमम्द रिजवानले सर्वाधिक ७९ रन बनाए जुन क्रममा उनले अविजित रहँदै ५० बलमा ८ चौका र ४ छक्का प्रहार गर। यस्तै बाबर आजमले ४९ बलमा ७ चौका मद्दतले ७० रन बनाए। मोहम्मद हफिजले १६ बलमा ५ चौका मद्दतले अविजित ३२ रन बनाए।

सबै खेलमा जित पछि सेमिफाइनलमा स्थान पक्का गरेको पाकिस्तान समुह ‘२’ को शीर्ष स्थानमा कायमै छ। उसको चार खेलमा ८ अंक भएको छ।  अफगानिस्तान ३ खेलमा ४ अंक सहित दोश्रो, न्युजिल्यान्ड र नामिबिया २ अंक सहित तेश्रो र चौंथो स्थानमा यथावत छन्। दुवै खेलमा पराजित भारत र स्कटल्याण्ड अंकविहिन रहँदै पाँचौ र छैटौं स्थानमा छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP