Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

अष्ट्रेलियाले १० लाख डलर दिने

काठमाडौं : अष्ट्रेलिया सरकारले नेपाललाई सन् २०२३ सम्म नेपाललाई १० लाख डलर सहयोग गर्ने भएको छ। अष्ट्रेलियाली राजदूत फेलिसिटी जेनभोल्कले बुधबार उक्त जानकारी दिएकी हुन्। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियाली राजदूत जेनभोल्कबीच बुधबार मन्त्रालयमा भेटवार्ता भएको थियो। भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारसमक्ष शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गरेका थिए।

‘अष्ट्रेलिया सरकारबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको अवधिसम्म अनुदान सहयोग हुँदै आएको थियो’, उनले भने, ‘पछि निरन्तरताको अभाव महसुस भएको छ। हामी १० वर्षे शिक्षाक्षेत्र विकास योजना तर्जुमाको अन्तिम चरणमा छौं। अष्ट्रेलियाली सरकारबाट पुनः सहयोगको अपेक्षा गर्दछु।’

भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताइन्। उनले नेपालमा विकास सहायतामार्फत कोभिड महामहारीका वेला रेडियो कार्यक्रमलगायतका सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। 

मन्त्री पौडेलले नेपाली विद्यार्थीले कोभ्याक्स र एस्ट्राजेनेकाको दोस्रो मात्रा कोरोना खोप लगाए क्वारेन्टाइनमा बस्न नपर्ने सरकारको नीति रहेको बताइन्।
भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादव, सचिव रामप्रसाद थपलियालगायत उपस्थित थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP