विप्लव समूहका विद्यार्थी नेता पक्राउ

भोजपुर – भोजपुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका विद्यार्थी नेता पक्राउ परेका छन् ।

प्रहरीले विप्लव समूहनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काे भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको हो ।

राईलाई जिल्लाको पौवादुङमा गाउँपालिका-१ श्यामशिलाको एलम्बर चोकमा रहेको एक होटलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले राईको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरीले केही दिनअगाडि विप्लव समूहका जिल्ला सदस्य सुमित परियारलाई भोजपुरको कोटबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP