Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

दुई साताअघि हराएकी किशोरी गोरखपुरमा फेला परिन्, पीआरसीले गरायो किशोरीलाई परिवारसँग पुनर्मिलन

चन्द्रौटा(कपिलवस्तु), २४ फागुन ।

दुई साताअघि घरबाट निस्किएकी एक किशोरी भारतको गोरखपुरमा फेला परिन् । गोरखपुरमा अलपत्र परेकी किशोरीलाई भारतीय प्रहरीले सम्पर्कमा लिई बालकल्याण गृहको जिम्मा लगाएको थियो ।

भारतस्थित नेपाली दुताबासको सहयोगमा कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले किशोरीलाई नेपाल फर्काउन सफल भएको हो ।

शुक्रबार नेपाल फर्काइएकी किशोरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमार्फत परिवारसँग पुनर्मिलन गराएको पीआरसी क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । कपिलवस्तु नगरपालिका वडा न ८ निवासी १६ वर्षीय नाम परिवर्तन (अनिता) लाई बुवाको जिम्मा लगाएको भट्टराईले बताए ।

दुई सातापछि छोरी भेटिएसँगै परिवारमा खुशी छाएको छ । गत फागुन ९ गते शिवरात्रिका दिन मेला भर्न घरबाट हिँडेकी किशोरी सम्पर्क विहीन भएकी दिइन् । छोरी हराएपछि परिवारले प्रहरीसमक्ष खोजिदिन आग्रह गरेका थिए ।

खुनुवा नाका हुँदै भारत प्रवेश गरेको सूचनाका आधारमा भारतीय प्रहरीसँग समन्व्य गरी किशोरीलाई गोरखपुरमा फेला पार्न सफल भएको पीआरी क्षेत्रीय संयोजक भट्टराईले बताए । किशोरीलाई कसले किन लग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP