Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाऔं : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रा चाडपर्व र परम्पराहरूले नेपाली समाजलाई सुदृढ बनाउँदै लगेको बताएकीछन्। नेपाल संवत् ११४२ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वा्न गरेकी छन्।

‘आदिकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको छ। हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन्‚’ राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गरेकी छन्‚ ‘सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवर्द्धन गर्ने उत्सवको रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वा्न गर्दछु।’

उनले नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने नेपालको मौलिक संवत् भएको बताएकी छन्। लिच्छवि राजा राघवदेवको समयमा काठमाडौं उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ। यसबाट उनले कृषिलाई प्राथमिकता दिएको कुरा समेत स्पष्ट हुने राष्ट्रपति भण्डारीले बताएकी छन्।

राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित‚ उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP