Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जुवा खेल्नु अपराध, तास आयात निर्वाध

जुवातास खेल्न वर्जित, तास आयातमा छैन कुनै रोकटोक

धनगढी : नेपालमा आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्षको कात्तिक दोस्रो सातासम्म ९४ करोड ८० लाख रुपैयाँ बराबरको तास आयात भएको पाइएको छ।

यो वर्षको दशैँ र तिहारका लागि मात्रै ६ करोड रुपैयाँ बराबरका ३३ लाख बुक तास आयात भएको पाइएको हो। जुवा ऐन २०२० ले जुवा खेल्नुलाई गैरकानूनी मानेको छ।

कानुनतः जुवातास खेल्न वर्जित गरिए भएपनि आयातमा भने सरकारले कुनै रोकटोक लगाइएको छैन। यस्तो हुदा नहुँदा दशैँतिहारका लागि ठूलो परिमाणको तास भित्रिने गरेको छ। 

भन्सार तिरेर हरेक वर्ष तास आयात बढ्दो क्रममा देखिएको त्रिनगर भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले बताए। ‘कैलाली भन्सारसहित मुलुकका प्रमुख भन्सार नाका हुँदै तासको आयात प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ।

कानुनतः तास आयातमा प्रतिबन्ध नभएकाले राजस्व तिरेरै तासको आयात भइरहेको छ’ उनले भने। भन्सार विभागको तथ्यांक अनुसार यो वर्ष तास आयात गर्दा ६ करोड बाहिरिएको छ।

नेपालमा भारत, चीन, अमेरिका, ब्राजिल लगायतका १२ विभिन्न देशबाट तास आयात हुँदै आएको छ। तर, नेपालको कानूनले भने जुवातास खेल्न रोक लगाएको छ। जुवा ऐन २०२० ले जुवालाई सम्पत्ति हार्ने वा जित्ने गरी बाजी थापी खेलेको खेल भनेर व्याख्या गरेको छ। 

भन्सारबाट वैधानिक रुपमै आयात हुने तास र तास खेल्दा पक्राउ परेकाहरूको विषयमा कानुनी कारबाही गर्दा असहज हुने गरेको कानुन व्यवसायीको तर्क छ।

नेपाल सरकारले भन्सारमार्फत तास आयात निर्वाध रुपमा गरिरहेको अवस्थामा कार्यान्वयनमा दोहोरपन देखिने गरेको नेपाल बार एशोसिएसन कैलालीका अध्यक्ष एवं अधिवक्ता शिद्धराज ओझाले बताए।

उनले भने, ‘जुवा ऐनले जुवा खेल्ने, खेलाउनेलाई दण्डको व्यवस्था गरेको छ। तर, तास आयात भने सरकार आफैले गर्दै आएको छ।’ तास खेल्नु र खेलाउनुलाई गैरकानुनी मान्दै ऐनले तास खेल्ने खेलाउनेलाई एक वर्षसम्म कैदको व्यवस्था समेत गरेको छ।

प्रहरीले पनि जुवाकाे खालमा छापा मारेर जुवाडेलाई पक्रने गर्छ। खेल्ने मात्र हैन खेलाउनेलाई समेत कारबाही हुने गरेको छ। मनोरञ्जनका लागि क्यासिनोबाहेक अन्य स्थानमा तास खेल्न वर्जित गरिएको छ। 

तर सरकारले न त तास आयातमा कडाई गरेको छ, न त खुलेआम बिक्री नै रोकेको छ। गलत नीतिका कारण राजस्व घट्न सक्ने डरमा सरकारले तास आयातमा कडाई गर्न सकेको छैन। हरेक वर्ष तास आयातको आँकडालाई हेर्दा डरलाग्दो रुपमा बढ्दै गएको भन्सार अधिकृतहरू नै बताउँछन्।

सांस्कृतिक चाडपर्वहरूमा रोक

स्थानीय प्रशासनले पनि सांस्कृतिक चाडपर्वहरूमा रोक लगाएको भन्दै बिरोध गरिएको छ। केही वर्षयता सांस्कृतिक पर्वमा असुरक्षा बढ्ने भन्दै स्थानीय प्रशासनको मनाउन रोक लगाउने गरेकोमा नागरिकले बिरोध गरेका हुन्।

हिन्दु धर्मावलम्बीहरूका चाडपर्व तीज, गौरा, दशैं–तिहार, र होली मनाउन स्थानीय प्रशासनले समय सीमा तोक्दै आएको भन्दै धनगढीका स्थानीयले बिरोध गरेका छन्। नागरिकलाई सुरक्षा दिनुको सट्टा स्थानीय प्रशासनले देउसीभैलो खेल्न समय निर्धारण गरेको बेठीक भएको वेदप्रकाश उपाध्यायको गुनासो छ। 

उनी भन्छन्, ‘पर्व मनाउने हाम्रो वैदिक परम्परा छ। त्यो नबुझेर प्रशासनले समय तोकेको छ। लक्ष्मीको पूजा गरेर दान दिनुपर्ने हुन्छ। तर सुरक्षा र कोरोना संक्रमणको त्रास देखाउदै भैली खेल्न रोक लगाउँदा लक्ष्मी पूजनपछि दान गर्न पाउने सांस्कृतिक अधिकार त हनन् हुन पुग्यो।’

स्थानीय प्रशासनले हिन्दुहरूका मौलिक चाडपर्व मनाउने तरिका र समयमा रोक लगाएको भन्दै अन्य सर्वसाधारणले पनि यसको बिरोध गरेका छन्। मौलिक पर्व मनाउने समय आउनासाथ स्थानीय प्रशासनले शान्ति सुरक्षाको कारण देखाएर पर्व मनाउने समय छोट्याउन आदेश दिनु गलत भएको उनीहरूको भनाइ छ।

कैलाली लगायतका स्थानीय प्रशासनले पर्व मनाउन रोक लगाएको छ। स्थानीय प्रशासनले यो वर्ष तिहारमा देउसीभैलो खेल्न पाउने समय सीमा साँझ ८ बजेसम्म तोकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP