Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मेरापिक आरोहण गरेर फर्किने क्रममा बेलायती नागरिकको मृत्यु

सोलुखुम्बु : मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ। शुक्रबार मेरापिक आरोहण गरेर फर्किने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

उनकाअनुसार चिप्लियर लडेका क्रिष्टायन बेहोस बनेपछि हेलिकोप्टरमार्फत उद्धार गरी पासाङ ल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

शव पोष्टमाटमको लागि काठमाडाैं लैजाने तयारी गरिएको भएपनि मौसम प्रतिकुलता कारण हेलिकोप्टरले उडान भर्न नसक्दा लुक्लामानै राखिएको प्रहरीले जनाएको छ। शव शनिबार बिहान लैजाने तयारी गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ। क्रिष्टायनसहितको टोली हिमालय स्टेट कम्पनी लिमिटेड काठमाडाैंमार्फत कात्तिक १० गते मेरापिक पुगेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP