कपिलवस्तुको शिवराज नगरपालिका ३ को खरेन्द्रपुर मा राष्ट्रिय जनमोर्चाको को भेला सम्पन्न ।। १४२ जनालाई सदस्यता वितरण ।।

नवराज पौडेल कपिलवस्तु

फागुन २४

कपिलवस्तुको शिवराज नगरपालिका ३ को खरेन्द्रपुर मा राष्ट्रिय जनमोर्चाको को भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाको को संगठननात्मक अभियान अन्र्तगत शनिबार खरेन्द्रपुरमा भेला सम्पन्न भएको हो ।

भेलाले राम देव कुर्मीको अध्यक्षतामा १५ सदस्यीय खरेन्द्रपुर टोल समिती गठन गरेको छ । जसको उपाध्यक्षमा मान बहादुर वि.क, सचिव विनिता अदै,कोषाध्यक्ष नरमान अदै, सदस्यहरु ओम बहादुर खड्का, घम बहादुर थापा, धर्वेन्द्र नाउ, राम बहादुर अदै,हिरामती भण्डारी, हरिकला खड्का, दिपा अदै, कमला अदै, विमला खनाल चयन हुनुभएको छ ।

यस्तै सल्हाकारमा तुल बहादुर अदै,नन्दराज भण्डारी, रमेश पुन र दरबारी थारु लाई चयन गरिएको छ । भेलालाई सम्बोधन गर्दै रा.ज.मो. जिल्ला परिचालन समीती सदस्य तथा अन्टुकका केन्द्रिय सदस्य केयर सिंह अदैले २ अघि चुनाव चिन्ह गिलासमा हालेको मत खेर नगएको बताउदै यसले देशमा राष्ट्रियताको जागरण ल्याई जातिय राज्य हुन बाट बचाएको बताउनु भएको छ ।

संघियताको विरुद्धमा आम जनता माझमा सचेतना फैलाएकोले रा.ज.मो लाई जनताले समेत उच्च मुल्याङ्कन गरेको बताउनु भयो । कार्यक्रम मा मुल प्रवाह अखिल भारत एकता समाजका केन्द्रिय सदस्य नारायण शर्मा र रा.ज.मो.का जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले सम्बोधन गर्दै नव निवार्चित सम्पुर्ण सदस्यहरुलाई बधाई तथा शुभकामना व्याक्त गर्नु भएको थियो । शनिबार मात्र खरेन्द्रपुरमा १४२ जना नया सदस्यलाई सदस्यता वितरण गरिएको केयर सिहं अदैलेले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP