Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

सल्यान बस दुर्घटना अपडेट : १२ मृतकमध्ये २ जनाको सनाखत हुन बाँकी

सल्यान : आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनाका १२ जना मृतकमध्ये अब सनाखत हुन २ जनाको मात्र बाँकी। १० जनाको सनाखत भएको छ।

दाङको शान्तिनगर गाउँपालिका-८ की ३५ वर्षीया सावित्रा केसी र दाङको कोरबाङका ५ वर्पीय सुरज ओलीको पनि सनाखत भएको छ।

घाइतेमध्ये सामान्य घाइते दुई जना भने उपचारपछि घर फर्किएका छन्।

सिकिस्त ३ जनालाई हेलिकप्टरबाट उपचारका लागि नेपालगन्ज पठाइएको छ। ९ जना सिकिस्तलाई पनि उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ।

यसअघि सनाखत भएकाहरू सल्यानको शारदा नगरपालिका-१२ कि हाल दाङको तुलसिपुर उपमहानगरपालिका-६ बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका-२ कि ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका-३ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी-१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका-४ बुने ६० वर्षीया डुलि रेउले छन्।

यसैगरी दुर्घटनामा दाङको बबई गाउँपालिका-६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यानको छत्रेश्वरी गाउँपालिका-२ का २९ वर्षीय तिलक ओलीको पनि मृत्यु भएको छ।

सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक तथा प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार बसमा चालकसहित ३१ जना थिए।

सल्यानको जयतपानीबाट, दुलधारा, खलंगा हुँदै दाङको तुल्सीपुरतर्फ जाँदै गरेको बस धेरै गति र जीर्ण सडकका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बस सडकबाट २ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP