Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बागमतीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक भोलि (सोमबार) बस्ने भएको छ। प्रदेशसभाको भोलि बस्ने बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत लिने छन्।

प्रदेशसभाको सोमबार दिउँसो ३ बजे बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभाले जनाएको छ। प्रदेशसभाको उपसचिव विनोद अमात्यका अनुसार सोमबारको संसदमा मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव पेस गर्ने तयारी छ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मतको प्रस्ताव गरेपछि उनको प्रस्तावमाथि भोलि नै मतदान गर्ने गरि प्रदेशसभाले सबै तयारी पूरा गरिसकेको अमात्यले जानकारी दिए।

उनले मतदानका लागि आवश्यक सम्पुर्ण प्रक्रिया प्रदेशसभाले तिहारअघि नै गरिसकेको बताए। अमात्यले सोमबार नभ्याए मंगलबार मुख्यमन्त्रीको प्रस्तावमाथि मतदान हुने बताए।

पाण्डे नेतृत्वमा प्रदेशमा बनेको नयाँ सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट नै भोलि संसदमा विश्वासको मत लिने निर्णय गरेको थियो।

नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि गठबन्धन दलबाट सरकारको नेतृत्व गर्दै नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलका नेता पाण्डेले सत्तारोहण गरेका थिए। मुख्यमन्त्री बनेको एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पाण्डेले विश्वासको मत लिन लागेका हुन्।

पार्टी विभाजनमा पाण्डेसहित १३ जनाले एकीकृत समाजवादी रोजेपछि निवर्तमान मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन्। अल्पमतमा परेको केही दिन सत्ता लम्ब्याएकी उनले गत कात्तिक १० गते पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरेकी थिइन्।

शाक्यले राजीनामा गरेसँगै एकीकृत समाजवादीका नेता पाण्डे गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका थिए। उनलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपाको समर्थन छ। प्रदेशसभामा माओवादीका २३, कांग्रेसका २२, समाजवादीका १३ र जसपाका १ गरि ५९ सांसद छन्।

१ सय ९ प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनको लागि ५५ सांसद चाहिन्छ। प्रदेशसभामा कुनै पनि दलसँग सरकार गठनको लागि एकल बहुमत छैन। ५६ सांसदसहित साढे ३ वर्षसम्म एकल नेतृत्वमा सरकार चलाएको एमाले पार्टी विभाजनपछि ४३ सांसदमा खुम्चिँदा सत्ताच्युत भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP