Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पाँच दलीय गठबन्धनलाई केवल सत्ता चाहिएकाे छ, देशकाे चिन्ता छैन : केपी ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको ‘भक्षक’ को संज्ञा दिनुभएको छ । एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लोकतन्त्र, लोकतान्त्रिक मूल्य, मान्यता नभइ आफ्नो स्वार्थ पूर्तिका लागि केवल सत्तामात्रै चाहिएको दाबीसमेत गर्नुभयो । 

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धनलाई देश नभइ आफ्नो स्वार्थमात्रै पूरा गर्नुरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले नभएको भए फेरि १७ साल आइसकेको हुने दाबीसमेत गर्नुभयो । एमाले नभएकै कारण २००७ सालपछि १७ साल आएको तर अहिले एमाले भएकाले आउन नसकेको उहाँको दाबी छ । अध्यक्ष ओलीले एमाले भएकै कारण प्रतिक्रियावादी शक्तिहरू चुप लागेर बसेको पनि बताउनुभयो । उहाँले एमालेले संविधान च्यात्न नदिने, लोकतन्त्रलाई तलमाथि हुन नदिने प्रतिबद्धता गरेकाे बताउनुभयाे ।  

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले हुँदैनथ्यो भने १७ साल अस्ति नै आइसक्थ्यो । तर यहाँ एमाले छ । त्यस कारण १७ साल आउन सक्दैन । २००७ सालपछि १७ साल आइहाल्यो नि । आउँथ्यो यहाँ पनि । संविधान भनेको एउटा पुस्तक हो । बलजफ्ती गर्‍याे भने च्यात्न कतिबेर लाग्दैन । तर नागरिक सचेत छ भने उनीहरूकाे मनोबल च्याप्न सकिँदैन । त्यसै कारण प्रतिक्रियावादी शक्तिहरू चुप लागेर बसेका छन् । त्यस्ता परमादेशहरू, प्रतिगामी परमादेशहरू अनेक आउन सक्छन् । हामी सरकार छोड्न तयार छौँ, तर देशलाई तलमाथि हुन दिँदैनौँ । हामी सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ । हामी लोकतन्त्र तलमाथि हुन दिँदैनौँ । हामीले सात दशकभन्दा बढी सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र हो, बलिदान दिएर ल्याएको लोकतन्त्र हो । नेकपा एमाले यो अठोटमा भएकै हुनाले लोकतन्त्र जीवित छ, होइन भने अहिले यो पाँच दलीय गठबन्धन भन्ने छ नि । बर्को राधे–राधे लगाएका हुन् कि, रामराम लगाएका हुन् कि, कृष्ण–कृष्ण लगाएका हुन् ? यी सबै लोकतन्त्रको भक्षकहरू हुन् । यिनीहरूलाई सत्ता चाहिएको छ, स्वार्थ पूरा गर्नुछ । देश होइन ।’ 

अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैल्याउने काम गरिएको उल्लेख गर्दै त्यसका विरुद्ध सामाजिक सञ्जालमार्फत् ‘वार’ गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP