Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

छठको मौका छोपेर व्यापारीले सामानको मूल्य अत्यधिक बढाए

जनकपुरधाम : छठ पर्वको मौका छोपेर व्यापारीले अधिकांश सामानको मूल्य वृद्धि गरेका छन्।

चाडपर्वको मौका छोपेर बजार भाउ आकासिएको छ। जसका कारण उपभोक्ताहरू मारमा परेका छन्। जनकपुरको पीडारी चोकमा छठ पर्वको लागि सामग्री खरिद गर्न पुगेका सतीशलाल कर्णले छठ पर्वमा पूजाको लागि चाहिने केरादेखि कागती सम्मको मूल्य बढेको सुनाए।

कर्णले अरु बेला पाँच रुपैयाँ गोटा पाउने कागती अहिले २० रुपैयाँ पुगेको बताए। छठमा चाहिने सामग्री किन्नको लागि बिहानदेखि बेलुकासम्म बजारमा व्रतालुको भीड निकै नै बढेको छ।

छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत खरिद गर्नेको संख्या उल्लेख्य छ।

अहिले केरा घरीको पाँचदेखि आठ सय सम्म बिक्री भएको व्यापारीहरू बताउँछन्। साथै उखु गोटाको १५ रुपैयाँमा बिक्री भएको व्यापारीको भनाइ छ। छठ पर्वमा केराको सिँगै घरी नै प्रसादको रुपमा चढाउनु पर्ने भएकाले हुँदा केराको अत्यधिक माग छ।

तिहार तथा छठलाई लिएर जिल्लास्थित विभिन्न व्यपारिक केन्द्रहरुमा अहिले केराको व्यापार बढेको छ। शनिवार मात्रै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको सखुवा बजारमा लाखौ रुपैयाँको केराको व्यापार भएको केराका एक ठेक्केदारले बताए।

विगतको तुलनामा यस वर्ष केराको मूल्यमा अत्याधिक वृद्धि भएको छ। महेन्द्रनगर बजारमा मागअनुसार आपूर्ति नभएकोले केराको मूल्य ह्वात्तै वृद्धि भएको संजीप साहले बताए।

देशका विभिन्न ठाउँहरूमा केरा खेती गरिए पनि आपूर्ति गर्न नसक्दा भारतबाट केरा मगाएको फलफूल तथा तरकारी व्यवसायी समिति जनकपुरका अध्यक्ष वीशेश्वर यादवले बताए।

उनले छठ पर्वलाई लक्षित गर्दै जनकपुरधाममा ३५ ट्रक केरा भारतबाट भित्रिएको जानकारी दिए। यादवले गत वर्षभन्दा फलफूलको मूल्य २५ प्रतिशतले बढेको बताए।

तिहार र छठको बेला सबैले केरा खरिद गर्ने भएकाले केराको मूल्य आकासिएको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले बताए। गत वर्षको तुलनामा यस वर्ष केराको मुल्य करिब ३० देखि ४० प्रतिशत वृद्धि भएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP