स्कटल्यान्डमाथि पाकिस्तान ७२ रनले विजयी

काठमाडौं : आईसीसी विश्वकप क्रिकेटमा  पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गरेको छ। ​

स्कटल्यान्डमाथिको जितसँगै पाकिस्तानले सुपर १२ को समूह २ अन्तर्गत  पाँचवटै खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पाकिस्तान समूह २ को विजेता बन्दा न्यूजिल्यान्ड उपविजेता टोलीको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह १ को विजेताको रुपमा इंग्ल्यान्ड र उपविजेताको रुपमा अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरिसकेको छ। अब सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया तथा न्यूजिल्यान्डले इंग्ल्यान्डको सामना गर्नेछ।

गएराति भएको खेलमा पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १ सय १७ रन मात्रै जोड्न सक्यो। स्कटल्यान्डका लागि रिची वेरिङटनले सर्वाधिक ५४ रन जोडे। पाकिस्तानका शदाव खानले दुई विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजम तथा शोएब मलिकको अर्धशतकिय इनिङ्सको सहयोगमा चार विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो। आजमले  ६६ रन जोड्दा मलिकले ५४ रन बनाए। 

स्कटल्यान्डका क्रिस ग्रेभ्सले सर्वाधिक दुई तथा हम्जा ताहिर र सफ्यान सरिफले एक–एक विकेट हात पारे। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP