Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

रड प्रहार गरी व्यापारीको हत्या गर्ने युवक पक्राउ

काठमाडौं : कैलालीमा व्यापारीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घोडाघोडी नगरपालिका–४, जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा दैलेखको गुराँस गाउँपालिका–३, खिमडीका १८ वर्षीय जीवन शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो।

कैलालीको मोहन्याल गाउँपालिका–४, सिम्लीखोला नजिकै पसल सञ्चालन गर्दै आएका आचार्यलाई ठकुरीले आइतबार दिउँसो हत्या गरेको अभियोगमा पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ।

हत्या आरोपी ठकुरीलाई बाँके प्रहरीको सहयोगमा नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

टिपरमा खलासी काम गर्दै आएका ठकुरीले सामान्य विवादका कारण रड प्रहार गरी आचार्यको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए। ठकुरीलाई पक्राउ गरी ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP