Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कुकुरकाे जिम्मामा ५ सय भेडाबाख्रा

म्याग्दी : धवलागिरी हिमालको फेदमा हरियो खर्क छ। त्यही खर्कमा म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले भेडीगोठ राखेका छन्।

गोठमा रहेका पाँच सय भेडाबाख्राको सुरक्षा कुकुरले गर्दै आएका छन्। चार वर्षदेखि भेडापालन गर्दै आएका छन्त्यालको गोठमा अहिले करिब पाँच सय वटा भेडाबाख्रा छन्।

ती भेडाबाख्रा हेर्नका लागि उनले पाँच वडा भोटे कुकुर पालेका छन्। कुकुरले जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर बाघ, भालु, चितुवा र स्याल जस्ता जंगली जनावरको चाल थाहापाएपछि भुकेर गोठालोहरूलाई संकेत गर्ने काम कुकुरले गर्ने उनको भनाई छ।

‘कुकुर भएपछि यो वनको बीचमा रहेको गोठमा हामी रातभरी सुत्न पाउछौँ, भेडाबाख्रा पनि सुरक्षित हुन्छन्।’ उनले भने, ‘बिहान कुकुरलाई खाना दिएपछि छोडिदियो दिनभरी भेडाबाख्रासँगै वनमा जान्छन् अनि साँझ भेडासँगै गोठमा आउछन्।’

हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा व्यवसायिक रुपमा भेडाबाख्रा पालन गरिएको छ। गोठ वन जंगलको बीचमा हुने र गोठालाहरू पनि कम हुने भएकाले भेडाबाख्राको सारथी कुकुर हुने गरेका छन्।

जंगली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर भएको व्यवसायीहरूको भनाई छ। हिमालको फेदीमा वनमा पालिने भेडाबाख्रको सारथी कुकुर भएका छन्। पछिल्लो समय मानिसहरू आफ्नो घरमा शोखको रुपमा पाल्ने कुकुर भेडीगोठमा भने भेडाको रक्षाका लागि पाल्ने गरिएको छ।

‘तीन वर्षसम्म मेरो गोठमा कुकुर थिएनन्’ छन्त्यालले भने, ‘त्यतिबेला चितुवा, बाघ लगायतका जंगली जनावरहरूले ३० भन्दा बढी भेडाबाख्रा खाइदिए, यो वर्ष रुकुमबाट एउटालाई ६० हजार हालेर कुकुर लिएको छु, अहिले मसँग पाँच वटा कुकुर छन्, यी कुकुरले नै भेडीगोठको सुरक्षा गरिरहेकाले मलाई ढुक्कै छ।’

छन्त्यालका अनुसार अहिले उनीसँग भएको एउटा कुकुर ब्याउने छ। पोखराका एक व्यक्तिले कुकुर व्याएपछि छाउरा लैजाने गरी  एउटा छाउराको १० हजार अग्रिम बैना दिएका छन्।

कुकुरकै कारण गोठको दैनिकी सहज र सुरक्षित हुदै आएको व्यवसायीको भनाई छ। एउटा कुकुरको मूल्य ३० हजारदेखि ६० हजार सम्म पर्ने गरेको छ।

मानिसलाई हेरालु राख्दा खर्च बढी हुने र जंगली जनावरबाट बचाउन पनि नसकिने भएकाले भेडी गोठमा कुकुर अनिवार्य हुनुपर्ने भेडा हेरालु धनबहादुर विक बताउछन्।

‘हामी भेडा जाने सबै ठाउँमा पुग्न सक्दैनौं, हामी जान नसकेको ठाउँमा कुकुर पुग्छन्, जंगली जनावरबाट हामीले भन्दा बढी कुकुरले नै सुरक्षित राख्छ’ उनले भने, ‘कुकुर भएन भने हामी पनि बस्न सक्दैनौ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP