Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

खोटाङमा एकै दिन तीन महिलाको हेलिकप्टरमार्फत उद्धार

खोटाङ : खोटाङमा एकै दिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत  प्रसव बेदनाले पीडित दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१ की २३ वर्षीया दीपा आचार्य, सोही स्थानकी २४ वर्षीया मेनुका खड्का र साकेला गाउँपालिका–५ की २४ वर्षीया सुनिता राईको उद्धार गरिएको हो।

आचार्य र राईलाई सामान्यतया सुत्केरी हुुनुपर्ने समय अगावै प्रसव वेदना लागेकोे र खड्काको सुत्केरी हुनुपर्ने समय नाघिसक्दा पनि उच्च रक्तचापका कारण सुत्केरी हुन नसकेको जिल्ला अस्पताल खोटाङकी डा.नीतु लामाले बताए।

उनीहरूको जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि उद्धारको पहलका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको उनले बताइन्।

अस्पतालबाट यसबारे जानकारी भएपछि लगत्तै प्रशासनले उद्धारका लागि महिला तथा बालबालिका मन्त्रालयमा सिफारिस गरेको थियो।

प्रशासनको सिफारिसका आधारमा मन्त्रालयले हेलिकोप्टरको व्यवस्था गरेपछि उनीहरूलाई सदरमुकाम दिक्तेल बजारबाट उद्धार गरी काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिए। 

फाइल तस्बीर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP