नामिवियामाथि भारतको जित

काठमाडौं : आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले नामिवियालाई हराएको छ।  सुपर १२ को समूह २ अन्तर्गतको खेलमा भारतले नामिवियालाई ९ विकेटले पराजित गरेको हो।

१ सय ३३ रनको लक्ष्य भारतले एक विकेट गुमाएर १५ दशमलब २ ओभरमा पुरा गर्यो। भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान गरे। केएल राहूलले ५४ तथा सूर्यकुमार यादवले २५ रन जोडे ।

नामिवियाका जान फ्रालिङचे एक विकेट हात पारे।

यस अघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिवियाले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ३२ रन जोडेको थियो।

नामिवियाका लागि डेभिड वाइजीले सर्वाधिक २६ तथा स्टेफन वार्डले २१ रन जोडे। भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीन–तीन विकेट हात पार्दा जसप्रित बुमराहले दुई विकेट चट्काए ।

सेमिफाइनल दौडबाट बाहिरिसकेका कारण भारत र नामिविया दुबैका लागि यो खेल केवल औपचारिकतामा मात्र सिमित भएको थियो।

प्रतियोगिता अन्तर्गत सुपर १२ मा भारतको पाँच खेल मध्ये यो तेस्रो जित हो भने नामिवियाले पाँच मध्ये केवल एक खेलमा जित दर्ता गर्न सक्यो।

समूह २ बाट विजेताको रुपमा पाकिस्तान र उपविजेताको रुपमा न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP