Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल–भारत साहित्योत्सव हुँदैँ

काठमाडौं : कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा यही कात्तिक २७ र २८ गते चितवनको सौराहामा ‘नेपाल–भारत साहित्योत्सव’ आयोजना गर्ने भएको छ। 

उत्सवका लागि भारत र नेपालबाट गरी करीब १००  आवासीय र ठूलो सङ्ख्यामा गैरआवासीय अतिथिको सहभागिता रहने छ।

कार्यक्रमका लागि भारतका मणिपुर, असम, सिक्किम, दार्जिलिङ, डुअर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट साहित्यकार आउँदैछन्।  कार्यक्रममा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा ६ कार्यपत्र प्रस्तुत हुने तथा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा तथा सबै सहभागीबाट रचना वाचनका कार्यक्रम हुने समाजका अध्यक्ष एलबी क्षेत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

सो अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपाध्याय, कथाकार एवं नियात्राकार इल्या भट्टराई तथा भारतीय नेपाली कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने एवं साहित्यकार श्रवण मुकारुङलाई कविडाँडा सुवर्ण–तुलसीकाव्य पुरस्कार २०७८ प्रदान गरिने कार्यक्रम छ।

यसैगरी आख्यानकार श्याम शाह, गायत्री अधिकारी र शान्ति शर्मा, युवा सर्जक जीवन निर्दोष तथा समालोचक एवं निबन्धकार डिआर शर्मालाई विभिन्न विधामा योगदानका लागि कविडाँडा साहित्य सम्मान तथा देव–खिना पुरस्कारबाट पुरस्कृत गरिँदैछ। 

यसै अवसरमा समाजले आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८ का विजेतालाई पनि पुरस्कृत गरिने कार्यक्रम छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP